गाउँमै एक सय २२ जनाको निःशुल्क आँखाको शल्यक्रिया

Image

बैतडीः बैतडीको पुर्चाैडीमा सञ्चालित आँखा शिविरमा एकसय बढीको आँखाको शल्यक्रिया गरिएको छ । शुक्रबार र शनिवार गरि दुई दिन सञ्चालन भएको उक्त शिविरमा एक सय २२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

शिविरमा दुई सय ३० जनालाई चस्मा र ४३५ जनालाई औषधी वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवँरले जानकारी दिनुभयो ।

“ग्रामीण क्षेत्रमा रहेका आँखाका बिरामीहरुलाई लक्षित गर्दै नगरपालिकाले शिविरको आयोजना गरिएको थियो । पालिकाभित्रका ७ सय बढी नागरिकहरु लाभाविन्त भएका छन् ।” स्वास्थ्य शाखा प्रमुख कुवँरले भन्नुभयो, “सेवा लिन आएका अधिकांशमा उमेरका कारण नैए आँखामा समस्या देखिएको छ ।”

घर नजिकै सञ्चालन भएको शिविरमा आँखाको उपचार सेवा पाएपछि वृद्ध-वृद्धाहरु खुशि भएका छन् । शिविरमा मार्फत गुमेको आँखाको ज्योति फर्र्किएपछि खुशी लागेको पुर्चाैडी नगरपालिका–८ की झिमा बोहराले बताउनुभयो । “नगरपालिकाले गत वर्ष सञ्चालन गरेको शिविरमार्फत दायाँ आँखाको ज्योति फर्कियो ।”, बोहराले भन्नुभयो, “यो वर्ष बायाँ । खुशी लागेको छ ।”

नगरपालिका र च्यारिटी हेल्थ फाउण्डेसनको संयुक्त आयोजना, धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो । ग्रामीण क्षेत्रमा रहेका आँखाका बिरामीलाई लक्षीत गर्दै शिविर सञ्चालन गरिएको नगरपप्रमुख दीपकबहादुर बमले बताउनुभयो ।

नगरपालिकाले वडास्तरमा आँखाको परीक्षण गरि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई छनोट गरि शिविरमा ल्याएर शल्यक्रिया गरिएको थियो । नगरपालिकाले गतवर्ष पनि आँखाको शल्यक्रिया शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्