बैतडी: बैतडीको पुर्चाैडीमा वैशाख २ गतेदेखी सुरु हुने पुर्चाैडी प्रिमियर लिग(पिपिएल) को खेल तालिका सार्वजनिक भएको छ ।
कूल १५ टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेल धामीगाउँ सुपर किंग्स र भण्डारी टेजर्स फोर्स बिच हुनेछ । सोहीदिन दहताल रोयल्स र रोयल च्यालेन्जरस् कुडीबिच प्रतिस्पर्धा हुनेछ ।
विजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले २५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
पुर्चौडी युथ क्रिकेट क्लबको आयोजनामा हुन गैरहेको नगस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल वैशाख १० गते हुने क्लबका अध्यक्ष बीरबहादुर गडालले जानकारी दिनुभयो ।
चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् ।प्रतियोगिताको आन्तरीक तयारी पुरा भैसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल पुर्चाैडी नगरपालिका–१ स्थित कमल विशाल पार्क खेलमैदानमा हुने क्लबका कोषाध्यक्ष लक्ष्मण गडालले जानकारी दिनुभयो । यस्तै सोमबार पत्रकार सम्मलेनमार्फत ट्रफी अनावरण समेत गरिएको उहाँले बताउनुभयो ।




















