बैतडीको सुर्नया गाउँपालिका–८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Image

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालय साँफेबगरमा आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यालयमार्फत सञ्चालन भएका योजना र सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने उद्देश्यसहित सार्वजनिक सुनुवाईको आयोजना गरिएको वडाअध्यक्ष भानबहादुर बोहराले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको वडाअध्यक्ष बोहरासहित कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रममा गत आर्थिक वर्षमा वडमार्फत सम्पन्न भएका योजना कार्यक्रम, बजेट र सेवा प्रवाह सम्बन्धी प्रतिवेदन गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश सहभागीले वडामार्फत वितरण अनुदान कार्यक्रममा सबैलाई समेट्नुपर्ने र दिगो विकासका काम गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जवाफ दिदैँ वडाअध्यक्ष भानबहादुर बोहराले बिगतमा पनि सबैलाई कृषि पशु लगायतका क्षेत्रमा आउने अनुदान कार्यक्रममा समेटिन् गरिएको बताउनुभयो । उहाँले तीन ओटै तहमार्फत वडाभित्र सञ्चालन भैरहेका बिकास निर्माणका काम आफूहरुले विशेष निगरानी गरेको समेत बताउनुभयो ।

गतआर्थिक वर्षमा पुर्वाधार तर्फ वडास्तरीय १५, पालिका स्तरीय ८ र प्रदेश स्तरीय ६ योजना कार्यान्वयन भएका थिए ।
यस्तै गत आर्थिक वर्षमा सुर्नया गाउँपालिका–८ ले विभिन्न शिर्षकमा १ लाख ३३ हजार ५२२ रुपैँया राजस्व संकलन गरिएको थियो ।

वडाअध्यक्ष बोहराको सभाध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बिशिष्ट अतिथि सुर्नया गाउँपालिका–८ का पुर्व वडाअध्यक्ष आन्नदसिंह बोहरा, पुर्व गाविस अध्यक्ष गगनसिंह साउँद सहित निर्वाचीत जनप्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्