नवनिर्वाचित सांसदहरूले शपथ लिए

Image

काठमाण्डाै: गएकाे फागुन २१ गते भएकाे प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारमा रहेकाे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभएकाे हाे । शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर पुगेका थिए ।

हिजाे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्