बझाङ: बझाङको बित्थडचिरमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत २८ गतेदेखी हुने भएको छ । स्थानीय स्तरमा रहेका खेलाडीको पहिचानका लागि कमल स्मृती क्लबको आयोजनामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता यहि चैत २८ गतेदेखी सञ्चालन हुने भएको हो ।
चौँथो कमल स्मृति दिवसको अवसरमा वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा दोहरी देउडा कार्यक्रम सञ्चालन हुने संरक्षक दिपेन्द्र बोहराले बताउनुभयो। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले चैत २७ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५५५ नगद पुरस्कार सहित ट्रफि मेडल प्रमाण पत्र हात पार्नेछ । यस्तै दोस्रोले ३३ हजार ३३३ र तृतिय हुने टोलीले ११ हजार १११ नगद पुरस्कार सहित ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिने संरक्षक बोहराले जानकारी दिनुभयो ।
म्यान अफ द म्याच, बेष्ट स्पाइकर, लिप्टर, लिब्रो, सेटर, र सर्भरलाई प्रमाण पत्र प्रदान गरिने आयोजक कमल स्मृति क्लबले जनाएको छ ।
खेल अन्तराष्ट्रिय भलिबल संघ र नेपाल भलिबल संघको नियमानुसार खेलाइनेछ । प्रतियोगिता देवेश्वरीमा मावि देउलेखको खेलमैदानमा सञ्चालन हुनेछ ।
यस्तै सर्जक सम्मान अन्तर्गत २१ हजार १११ रुपैँया र प्रमाण पत्र प्रदान गरिने छ ।





















