बैतडी,
बैतडीको सुर्नया गाउँपालिकामा जेन्जी तथा जेन वाई समूह र गाउँपालिकाबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पैदा भएको छ ।
५ महिना अघि ३९ दिनसम्मको तालाबन्दीपछि ११ बुदे सहमति भएको भएपनि उक्त निर्णयहरू अझै कार्यान्वयनमा नआएको जेनजी तथा जेन वाई समूहको भनाइ रहेको छ ।
गाउँपालिकालाई एक निवेदन पेश गर्दै ११ बुदे सहमती कार्यान्वयन नगरी गाउँपालिकाले नियम कानुन विपरित निर्णयहरु गरीरहेको भन्दै ११ गतेसम्मको समयसिमा दिदै अल्टिमेटम नै जारी गरेको छ । यही चैत्र ११ गतेसम्म निर्णय कार्यान्पयन नगरे ससक्त संघर्षका कार्यक्रम अघि बढाउने र त्यसबाट आउने परिणमको जिम्मेवारी पालिकाले लिनु पर्नै निवेदनमा उल्लेख गरिएको छ ।
आफ्ना निर्णयहरुको बेवास्ता गरिएकाले संघर्षका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आएको बताइएको छ ।
करार कर्मचारी व्यवस्थापन, अनावश्यक नियुक्ति रोक्ने, युवामुखी बजेट तथा खेलमैदान निर्माणजस्ता विषयहरू अझै अलपत्र समूहको भनाइ छ।
सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्ति सह्य नहुने जेनजी अगुवा बिशाल भट्टले बताए ।

सुर्नयामा ११ बुँदे सहमति कार्यान्वयन नहुँदा असन्तुष्टि,जेन्जी–जेन वाई समूहको अल्टिमेटम



प्रतिक्रिया जनाउनुहाेस्
















