बैतडीमा आफ्नै घरको सिँडीबाट लडेर बालिका घाइते

Image
सांकेतिक तस्बिर

बैतडी: बैतडीमा आफ्नै घरको सिँडीबाट लडेर बालिका घाइते भएकी छन् । यहाँको सुर्नया गाउँपालिका–७ पत्थरकोटकी अन्दाजी ९ वर्षीय आकृती पार्की सिँडी चड्ने क्रममा लडेर घाइते भएकी हुन् ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा आफ्नै सिँडी चड्ने क्रममा लडेर पार्कीको टाउकोमा चोट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।

पार्कीको अवस्था मध्यम रहेको र डडेल्धुरा अस्पतालमा भैरहेको प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो ।

पानी परेर सिँढी चिप्लो हुँदा आकृति चिप्लेकी बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्