बैतडीको पुर्चाैडी नगरपालिकालाई रास्वपाले बुझायो १० बुँदे ज्ञापन पत्र

Image

बैतडीः बैतडीको पुर्चाैडी नगरपालिकालाई राष्ट्रिय स्वतन्त पार्टी पुचौंडी नगर कार्यसमितिले १० बुँदे ज्ञापन पत्र बुझाएको छ। रास्वपा नगरकार्य समितिले विकास निर्माण संगै जनचासोका विषयहरुलाई समेट्दै आइतबार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।

नगर कार्यसमितिका सभापति बसन्तराज जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नगरपालिकामा भइरहेका विभिन्न गतिविधि, विकास निर्माण, उपकरण खरिद तथा सेवा प्रवाहका विषयमा स्पष्ट जानकारी दिन माग गरिएको छ।

गत भदौमा नगरपालिकाको स्काभेटर मेसिनमा आगजनी गरेको घटनाको छानबिन गरी दोषी पहिचान गरि कारवाही गरिनुपर्ने, विद्यूत महसुल तिर्नमा सहजीकरण गर्नुपर्ने, आँखा उपचार केन्द्र प्रभावकारी रुपमा सञ्चालन ल्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै करार कर्मचारीका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने, नगरपालिकाका विद्युतीकरण हुन बाँकी वडाहरुमा विद्युतीकरणको काम हुनुपर्ने, प्रमुख प्रशासकीय सहित अन्य कर्मचारीहरु लामो विदामा बस्दा सेवाग्राही मर्कामा पर्ने गरेकाले सुधार गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको रास्वपा पुर्चाैडी नगर रेड कमिटी संयोजक जनकबहादुर गडालले जानकारी दिनुभयो ।

आइतबार नगर प्रमुख दिपकबहादुर बमलाई ज्ञापन पत्र बुझाउँदै रास्वपाले नगर सरकारले जवाफदेही बन्न आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्