भटना प्रिमियर लिग आगामी चैत १२ गतेदेखी

Image

बैतडीः बैतडीको पुर्चाैडीमा दोस्रो संस्करणको भटना प्रिमियर लिग (बिपिएल) आगामी चैत १२ गतेदेखी सञ्चालन हुने भएको छ । द लिभिङ लेजेन्ड क्लबको आयोजनामा पुर्चाैडी नगरस्तरिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता आगामी चैत १२ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने भएको हो ।

पुर्चाैडी–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने द लिभिङ लेजेन्ड क्लबका सञ्चालक समितिका अध्यक्ष हेमन्त धामीले जानकारी दिनुभयो ।

प्रतियोगिता १२ ओभरको खेल प्राटिक्स बलले खेलाइनेछ । प्रतियोगिता एलबिडब्लु बाहेक आइसिसिको नियमानुसार खेलाइने बताइएको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमताको विकास र पहिचानका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी जनाउने टोलीले आगामी चैत ८ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ता शूल्क र पुरस्कार राशी केही दिनमा घोषण गरिने क्लबले जनाएको छ ।

पहिलो संस्करणको उपाधी मल्लादेही सुपर किङ्स ‘ए’ ले हात पारेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्