बैतडीमा निर्वाचन लक्षित संयुक्त मोटरसाइकल सुरक्षा गस्ती

Image

बैतडी: बैतडीमा सुरक्षाकर्मीहरुले निर्वाचन लक्षित संयुक्त मोटरसाइकल सुरक्षा गस्ती गरिरहेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरुले सुरक्षाकर्मीहरुले संयुक्त मोटरसाइकल गस्ती गरिहेका हुन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि संयुक्त रुपमा मोटरसाइकल गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । “निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त मोटरसाइकल गस्ती सञ्चालनमा रहेको छ,” प्रजिअ थापाले भन्नुभयो ।

यहाँको दशरथचन्द, पाटन नगरपालिका,सुर्नया गाउँपालिकाका बजार क्षेत्रमा सुरक्षाकर्मीहरुको संयुक्त गस्ती सञ्चालनमा रहेको छन् । निर्वाचनको मिति नजिक आएका बेला स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेनाले जिल्लाका १० ओटै पालिकामा बेस क्याम्प खडा गरेको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले बताउनुभयो ।

बेस क्याम्पमा रहेको नेपाली सेनाले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा फौँजसँगको समन्वयमा संयुक्त गस्ती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको गरिएको छ । आवश्यकता अनुसार सुरक्षाकर्मी थप परिचालन गर्न सकिने प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्