बैतडीको स्वराड ३५ वर्ष सम्म केवल भोट बैंक मात्र, अब परिवर्तन चाहान्छ

Image

बैतडीको स्वराड ३५ वर्ष सम्म केवल भोट बैंक मात्र
अझै पनी स्वराड एवम बैतडीका हरेक दुर्गम क्षेत्र भोट बैंकको रूपमै प्रयोग होलान या परीवर्तन चाहान्छ।कतै स्वराड को लागि कतै स्वराडकै नेताहरू गद्दारी त गर्दैछन कि भन्ने एउटा महत्वपूर्ण प्रश्न उठ्छ। परीवर्तनको पक्षमा समग्र बैतडी सहित स्वराड रहने छ नया सक्तिहरू लाई समर्थन।

राजनीति केवल कुर्सिको लडाईको लागि गर्न हुदैन।आम जनताको जनभावना र विस्वास संग जोडीएर सेवा गर्ने अवसर हो।

बैतडी जिल्लामा राजनीतिको नाममा ठगेर खाने दिन अब गए। बितेको साँढे तीन दशक (३५ ) सालसम्म लामो समयदेखि ठगिदै आएको हाम्रो बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्र केलव बोट बैंकका लागि मात्र सिमित रहदै आयो। आजको समयमा पनि हामि स्वराडीहरु मित्र राष्ट्र भारतको भरमै भौतिक समस्याहरू समाधान हुने गरेका छन् चाहे खाद्यान्न,नेटवर्किंग, इंटरनेट, स्वास्थ्य सेवा सबै भारतकै भरमा छ। वर्खा याम सहित हरेख दिन यो छेत्रका आम जनताले भोग्दै आएका पिडाहरू कस्ले देख्छ त ? परापुर्व कालदेखी भारतमै निर्भर रहेका यस क्षेत्रका आम जनताको सहजताका लागि भारत आवतजावत गर्न महाकाली नदि माथी एउटा झोलुङ्गे पुल पनि निर्माण हुन सकेको अवस्था छैन ! अब यो पटक स्वराड क्षेत्रका आम जनता यतिकै बस्ने छैनन्। एउटा स्वराड लाई मात्र हैन समग्र बैतडीलाई परीवर्तन चाहिएको छ। जुन यो पटक सम्भावना देखिन्छ।

समग्रमा भन्नुपर्दा स्वराड भारतमा निर्भर
१:- स्वास्थ्य सेवा ७०% माथि!
२:- खाद्य सामाग्री ६०% माथि!
३:- नेटवर्क साथै ईन्टरनेट सेवा ५५% माथि!
४:- रोजगारी ७०% माथि!
५:- अन्य भौतिक समस्याहरू समाधान ५०% माथि!

यदि अझैपनि यो क्षेत्र हेपिन्छ भने यो स्वराड मात्र नभई बैतडीको आम जनतामाथि विस्वास घात हो। अबको विकल्प भनेकै परीवर्तन हो नयाँ युवा सक्तिहरू आउनुपर्छ ।

‌‌ जय बहादुर चन्द
GEN-Z समूह संयोजक
पंचेस्वर गाउँपालिका बैतडी

प्रतिक्रिया जनाउनुहाेस्