बैतडीमा सशस्त्र प्रहरीद्वारा विद्यालयलाई खेल सामग्री वितरण

Image

बैतडी: बैतडीमा सशस्त्र प्रहरी बल नेपालले एक विद्यालयमा खेल सामग्री वितरण गरेको छ । बिहीबार सुर्नया गाउँपालिका–६ स्थित सिगास मावि मुसे रौटेमा भलिबल लगायतका खेल सामग्री वितरण गरिएको हो ।

सशस्त्र प्रहरी बल स्थापनाको २५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका र सोही अन्तर्गत विद्यालयमा खेल सामग्री हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए ।

विद्यालयका विद्यार्थीहरुलाई खेलकूदमा सहयोग मिलोस भनेर खेलकूद सामग्री वितरण गरिएको उनले बताए । विद्यालयहरुमा खेलकूद सामग्रीको अभावमा खेलकूद कार्यक्रमहरु सञ्चालनमा समस्या हुने भएकाले खेलकूद सामग्री वितरण गरिएको उनले बताए ।

विद्यालयमा खेलकूद सामग्री वितरणका साथै लागू औषध दुव्र्यसन नियन्त्रण लगायतका बिषयमा सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ । लागू औषध दुव्र्यसनमा किशोरावस्थाका मानिसहरु पनि फसीरहेकाले लागू औषधले पार्ने प्रभाव र नियन्त्रणका उपायका बारेमा जानकारी दिने गरिएको उनले बताए ।

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ औं बार्षिकोत्सव आगामी माघ ९ गते मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका गुल्मपति कुँवरले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्