पाटन नगरपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगता शुरु

Image

बैतडी:बैतडीको पाटन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि खोलाडी छनौटको रुपमा रहेको नगरस्तरीय रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखी सुरु भएको हो ।
पालिकामा रहेका १६ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिनुभयो ।
एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते समूहका सबैजसो खेल खेलाइने बताइएको छ ।
पाटन नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष रमेश बोहराको अध्यक्षतामा आयोजना गरिएको समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी प्रमुख अतिथि रहनु भएको थियो । पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा, नगर प्रमुख गौरी सिंह रावल, रास्वपाका नेता हरिमोहन भण्डारी विशिष्ट अतिथि रहनु भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्