बैतडी: बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडाका प्रकाश साउँद अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट भएका छन् । भारतको महाराष्ट्रमा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि सुर्नयाका साउँद ६८ केजी मुनि तौल समूहमा छनोट भएका हुन् ।
सन् २०२६ को मार्चमा हुने प्रतियोगिताका लागि साउँदसहित नेपालका ११ जना छनोट भएका छन् । अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहने बताइएको छ ।
साउँदले यसअघि सन् २०२४ मा भारतमै भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा डबल गोल्ड मेडल प्राप्त गरेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्




















