बझाङ: बझाङको बित्थडचिर गाउँपालिका–१ मा प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरू भएको छ। माथिल्लो बित्थड खेलमैदानमा शनिबारदेखि राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीको आयोजनामा प्रतियोगिता सुरू भएको हो भएको हो ।

पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। उत्घाटन खेलमा बित्थडचिर–८ को दाजुभाई अटो वर्कसपले बित्थडचिर–३ को नरबहादुर स्मृति क्लबलाई पराजित गरेको हो । ५२ रनको लक्ष्य पाएको उसले ७ विकेटले जित हात पार्यो ।
यस्तै, शनिबार नै भएको द्रोसो खेलमा बित्थड युथ क्लबले वडा नं. २ को ‘बि’ टिमलाई पराजित गरेको छ ।
राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीका अध्यक्ष तारा बोहराको अध्यक्षतामा उद्घाटन भएको समारोहमा बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन धामी प्रमुख अतिथि रहनुभएको थियोे ।
उनले जिल्लामा खेलमैदानको अभावका बाबजुद ठूलो स्तरमा प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको बताए। साथै बझाङले सम्झना धामी, अशोक धामी जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको उल्लेख गर्दै क्रिकेटको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।
प्रतियोगिताको विजेता टिमले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल, उपविजेताले १४ हजार ४४४ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
खेल राउन्ड रोबिनका खेलहरू १२ ओभर र फाइनलमा १५ ओभरको हुनेछ ।























