काठमाडौं: नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो ।
अब नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पाैडेलले संयुक्त रूपमा जर्सी अनावरण गरे ।
सम्झाैतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पाैडेल र नासाका अनिल श्रेष्ठले हस्ताक्षर गरे ।
क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियाबाट नासा छनोट भएको बताउँदै हरेक वर्ष २ करोड ३६ लाख रुपैयाँ हुनेगरी ३ वर्षे सम्झौता गरिएको जानकारी दिए ।
उनले यो ऐतिहासिक सम्झौता भएको समेत बताए ।























