बैतडीमा बर्षासंगैको हावाहुरीले मकैबालीमा क्षति

Image

बैतडी: वर्षासंगैको हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । मंगलबार रातीको वर्षासंगैको हावाहुरीले जिल्लाको पुर्चाैडी, दशरथचन्द नगरपालिका, सुर्नया र सिगास गाउँपालिका विभिन्न स्थानमा क्षति पु¥याएका हो ।
सुर्नयाको दोरा, कठमडा, सेलाका लगायतका किसानहरुले लगाएको मकैबालीमा क्षति पु¥याएको सुर्नया गाउँपालिका–८ का स्थानीय प्रताप सिंह मडैले जानकारी दिए । घोगा लाग्ने बेला मकैबालीमा हावाहुरीले पु¥याएपछि किसानहरु चिन्तीत बनेका उनले बताए ।

मकैको बोट वर्षा संगै आएको हावाहुरीले सोत्तर पारेको सुर्नया ३का धौलसिंह धामीले बताए । यस्तै सिगास गाउँपालिका–९ मा पनि हावाहुरीले मकैबालीमा व्यापक क्षति पु¥याएको किसानाहरुले बताएका छन् ।

बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । जंगली जनावर, हावाहुरी, रोगकिराका कारण मकै उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्