बैतडीका निजामती कर्मचारीहरुले पठाए सिडिओमार्फत सभामुखलाई ज्ञापन पत्र

Image

बैतडीका क्रियाशील निजामती कर्मचारीका संगठनहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन पत्र पठाएका छन् । देशभरबाट सभामुखलाई ज्ञापन पत्र पठाउने कार्यक्रम अनुसार सोमबार बैतडीमा पनि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय मार्फत सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र पठाएका हुन् ।

संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजीम समायोजनको व्यवस्था गर्नुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरुलाई एक पटक उमेरको हदम्याद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नुपर्ने, स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गर्नुपर्ने लगायत ११ बुँदा समेटिएका नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला इञ्चार्ज मदन कुँवरले बताए ।

निजामती कर्मचारीहरुले राखेका मागहरुप्रति सरकार र संसदको ध्यानाकर्षण गराउन ज्ञापन पत्र पठाएको कर्मचारीहरुले बताएका छन् ।  ।

प्रतिक्रिया जनाउनुहाेस्